logo-img

पाँच कारण जसले कोरोनालाई बनाएको छ थप खतरानक

कोरोनाभाइरस अब विश्वभरका लागि कहर बनिसकेको छ । कोरोनाभाइरसले पूरै विश्वका मानिसलाई निकै नराम्रोसँग प्रभावित पनि गरेको छ ।

हुन त मानिसमा पहिले पनि भाइरसहरु खतरानक हुन्थे । पहिले पनि विश्व महामारीहरुले विश्वलाई तनाव दिइरहेका हुन्थे । तर, नयाँ भाइरस आउँदा यति लामो समयसम् मयति ठूलो समस्या यसअघि देखिएको थिएन ।

कोरोनाभाइरस खासमा संक्रमण भएसँगै मानिसलाई समस्यामा पार्न सफल भइहाल्ने कोरोनाभाइरस संक्रमण हो ।

हाम्रो फोक्सो र स्वासप्रश्वास प्रणालीमा यसले निकै ठूलो असर पार्ने अहिलेसम्म वैज्ञानिकले पत्ता लगाइसकेका छन् । यतिमात्र होइन, यसले हाम्रो इम्युन सिस्टमलाई पनि निकै असर गर्छ । 



क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर पल लेहनरले भनेका छन्, ‘यो गजबको भाइरस हो । यसले तपाईंको नाकमा कोरोनाभाइरसको उद्योग बनाउँछ । तर, त्यति बेलासम्म यसबारे मानिसलाई थाहा पनि नहुन सक्छ । अनि आफूलाई ठिक छ भन्ने लागिरहन्छ ।’

तर, कोरोनाभाइरसमा यसलाई रोक्ने चेतावनीको गजबको क्षमता हुनसक्ने बताइएको छ । प्रोफेसर लेहनरले भनेका छन्, ‘निकै समयसम्म यो भाइरस संक्रमण भए पनि थाहा हुँदैन ।’



जब यो भाइरस हाम्रो शरीरमा सबैभन्दा बढी पिकमा पुगेको हुन्छ, तबमात्र हामीमा यो भाइरसको लक्षण देखिन थाल्छ । त्यसपछि लक्षण नदेखिए पनि यो भाइरस संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुनसक्छ । संक्रमितमा सबैभन्दा बढी लोड हुँदा यो भाइरसले सबैभन्दा बढी पिर्ने अहिलेसम्मका अनुसन्धानले देखाएका छन् । 

यसअघि सन् २००९ मा एच वान एन वान अर्थात् स्वाइन फ्लूका कारण सबैलाई निकै ठूलो डर भएको थियो । तर, जति यसबारे चिन्ता गरियो, त्यति आक्रामक र संक्रामक यो देखिएन । यो भाइरसविरुद्ध लड्ने क्षमता बढेकाले पनि यस्तो भएको मानिन्छ । 



तर, अहिलेको कोरोनाभाइरसले सबैभन्दा पहिले फोक्सोमा प्रभावित पारे पनि पूरै शरीरमा यो फैलिँदै जाने सम्भावना बढ्दै गएको छ ।

झन्, महत्वपूर्ण कुरा त के भने अधिक तौल हुनेहरुका लागि कोरोनाभाइरसले थप नोक्सान पुर्याउने सम्भावना देखिएको छ । क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर स्टिफन ओ रेहलीले भनेका छन्, ‘मोटोपना र कोरोनाभाइरसको विशेष सम्बन्ध रहेको छ । अरु भाइरसमा यस्तो सम्बन्ध देखिएको छैन । फोक्सोमा समस्या भएका र मोटोपनाका व्यक्तिहरुमा कोरोनाको जोखिम बढी मात्र होइन, यसले गर्ने असर पनि बढी नै देखिएको छ ।’

  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया