logo-img

विश्व स्वास्थ्य संगठनका महानिर्देशक क्वारेन्टाइनमा

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस क्वारेन्टाइनमा बसेका छन् । कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि क्वारेन्टाइनमा बसेको उनी स्वयंले जानकारी दिएका छन् । आफूसँग सम्पर्कमा रहेका व्यक्तिमा कोभिड–१९ पोजिटिभ देखिएपछि आफू क्वारेन्टाइनमा बसेको टेड्रोसले सोमबार बिहान ट्विटरमाफर्त जानकारी दिएका हुन् । 

आफूमा कोभिड–१९ को कुनै लक्षण नदेखिएको र विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार घरमै आइसोलेसनमा बसेको उनले बताएका छन् ।  आइसोलेसनबाटै काम गर्ने पनि टेड्रोसले जानकारी दिएका छन् । 

कोरोना भाइरस संक्रमणको श्रृंखलालाई रोक्न सबैले स्वास्थ्य मापदण्ड पालना गर्न अति जरुरी रहेको उनको भनाइ छ । स्वास्थ्य मापदण्डको कठाईका साथ पालना गरेर मात्रै कोभिड–१९ भाइरसलाई दबाउन  र स्वास्थ्य प्रणालीको रक्षा गर्न सकिने महानिर्देशक टेड्रोसले बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया