logo-img

आँपको कोयाबाट युवतीले बनाइन् यस्तो पोशाक, पार्टीमा जाँदा लगाएपछि भाइरल

अस्ट्रेलियाकी एक युवातीले आँपको कोयाबाट बनाएको पोशाक लगाउको भिडियो भाइरल बनेको छ । अस्टैलियाको क्वीन्सल्याण्डमा निवासी १८ वर्षीय जेस कोलिन्सको भिडियो संसारभर चर्चित बनेको हो । 

उनले कोलिप्सो नामको आँपको कोयाबाट कपडा बनाएकी हुन् । उनी आँपको बैगैँचामा हुर्किएकी हुन् । बिक्री नभएर आँप खेर गएको देखेपछि त्यसको कसरी उपयोग गर्न सकिन्छ भनेर सोच्दै जाँदा उनले यसरी कपडा बनाउने निर्णय गरेकी थिइन् । 

आँपको बाहिरको भाग फालेर कोया निकाली प्रेसर क्लिनरले सफा गरी उनले पहिरनका लागि कोया तयार पारेकी थिइन् । उनले करिब चार महिना लगाएर १४ सय जति कोयाको प्रयोग गरेर कपडा बनाएको जानकारी दिएकी छिन् । 

उनको यस्तो काम देखेरे धेरैले आश्चर्य प्रकट गर्दै उनलाई पागलको संज्ञा दिए । उनले विद्यालयको माध्यामिक तह उतीर्ण गरेपछि आयोजना गरिएको पार्टीमा यो पहिरन लगाएर सहभागी भइन् । 



त्यसपछि उनी चर्चित बनेकी हुन् । आफ्नो यो कामबाट धेरै खुसी भएको  कोलिन्सले बताएकी छिन् । 

भिडियो हेर्नुहोस्https://www.bbc.com/news/av/world-australia-55141163



बीबीसीबाट 



  • प्रकाशित मिति : मंसिर २२, २०७७ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया