गत वर्ष डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोनाभाइरस महामारीले अहिले विश्वलाई रुवाइरहेको छ । तर, अब विस्तारै यो महामारीबारे नयाँ सुखद समाचार आउन थालेका छन् ।
अहिलेसम्म यो भाइरसका कारण विश्वभर १७ लाख ४१ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । ७ करोड ९४ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
अहिलेसम्म यो भाइरसका कारण सबैभन्दा बढी अमेरिकामा १ करोड ८६ लाखमा संक्रमण देखिएको छ । त्यहाँ कोरोनाका कारण ३ लाख २९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
तर, अब विस्तारै कोरोना महामारीको अन्त्य पनि हुन थालेको छ । अहिले विश्वभरका विभिन्न देशमा कोरोनाको खोप लगाउन सुरु गरिएको छ ।
यसरी कोरोना खोप लगाउन सुरु गरिने देशमा चीन, रुस, बेलायत, क्यानडा, अमेरिका, इजरायल, स्विट्जरल्यान्ड, बहराइन, मेक्सिको, चिली, कोस्टारिका रहेका छन् ।
अब केही दिनमा नै अर्जेन्टिना, आयरल्यान्ड र मोरक्कोमा पनि यसको खोप लगाउन सुरु गरिँदै छ ।
त्यस्तै, भारत र ब्राजिलमा आगामि जनवरीदेखि कोरोनाभाइरस भ्याक्सिन लगाउने क्रम सुरु गरिने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।