logo-img

अमेरिकी संसदमा ट्रम्प समर्थकको हंगामा : वाशिंटनमा कर्फ्यू

अमेरिकाको राजधानी वाशिंटन डिसीस्थित संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले तोडफोडसहित हिंसा मच्चाएका छन् । 

राष्ट्रपति ट्रम्पका समर्थकले क्यापिटल बिल्डिङमा पसेर हंगामा मच्चाएका हुन् । राष्ट्रपतिमा जो बाइडेनको जित निश्चित गर्न भएको छलफलको समयमा यस्तो तोडफोड भएको हो । 

संसदभित्र बहस चलिरहेका बेला अचानक ट्रम्प समर्थक बिल्डिङभित्र प्रवेश गरेर बहस नै रोक्ने प्रयास गरेका थिए । उनीहरुले राष्ट्रपतिको चुनावी परिणाम नै रद्ध गर्न माग गर्दै प्रदर्शनसमेत गरेका छन् । 

संसद भवनमा हंगामा भएपछि अमेरिकी राजधानी वाशिंटनमा कर्फ्यू लागेको छ । स्थानीय समयअनुसार बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहानसम्म लागि कर्फ्यू लागेको बीबीसीले जनाएको छ । 

भवनमा हिंसा भड्किएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । भीडभाड बढेर हिंसात्मक रुप लिएपछि त्यहाँका सुरक्षाकर्मीले थप सुरक्षाबल पठाउन माग गरेका थिए । नाटकीय शैलीमा प्रदर्शनकारी भवनभित्र प्रवेश गर्दा सांसद भने सुरक्षाकर्मीको घेरमा रहेका थिए । 



अमेरिकी राष्ट्रपतिमा बाइडेन विजयी भएपछि रिपब्लिकन सांसदले असम्भव प्रयास लगातार गर्दै आएका थिए । संसदमा उनीहरुको प्रयास विफल हुने भए पनि प्रक्रिया लामो बनाइरहेका बेला यस्तो घटना भएको बताइएको छ । 

यो घटना अघि राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति माइक पेन्समाथि मत परिणामलाई प्रमाणिकरण नगर्न दबाब दिएको खुलेको  छ । यो घटनालाई ट्रम्पले हार स्वीकार गर्न नसक्दा अन्तिम अस्त्र प्रयोग गरेको रुपमा हेरिएको छ । 




  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार ६:११:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया