logo-img

हिंसा भड्किने सन्देश दिएपछि सामाजिक सञ्जालले हटाए राष्ट्रपति ट्रम्पका पोस्ट र भिडियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउण्ट लक भएको छ । चुनावको बारेमा हिंसा फैलाउने खालका ट्वीट गरेको भन्दै ट्वीटरले १२ घण्टाका लागि ट्रम्पको अकाउण्ट लक गरिदिएको हो । 

ट्रम्पले आफ्ना तीन वटा ट्वीट नहटाए अकाउण्ट लक नै भइरहने ट्वीटरले उल्लेख गरेको छ । फेसबुक र युट्युबले समेत उनका सन्देश हटाएका छन् । ट्रम्पले भिडियो सन्देश जारी गर्दै प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेको सामग्रीसमेत ट्वीटरले हटाएको छ । 

राजधानी वाशिंटन डिसीस्थित संसद भवनमा राष्ट्रपति ट्रम्प समर्थकले तोडफोडसहित हिंसा मच्चाएपछि ट्रम्पका सन्देशमाथि सामाजिक सञ्जालले निगरानी गरेको हो । 

राष्ट्रपति ट्रम्पका समर्थकले क्यापिटल बिल्डिङमा पसेर हंगामा मच्चाएका थिए । राष्ट्रपतिमा जो बाइडेनको जित निश्चित गर्न भएको छलफलको समयमा यस्तो भएको हो । 

संसदभित्र बहस चलिरहेका बेला अचानक ट्रम्प समर्थक बिल्डिङभित्र प्रवेश गरेर बहस नै रोक्ने प्रयास गरेका थिए । उनीहरुले राष्ट्रपतिको चुनावी परिणाम नै रद्ध गर्न माग गर्दै प्रदर्शनसमेत गरेका छन् । 



संसद भवनमा हंगामा भएपछि अमेरिकी राजधानी वाशिंटनमा कर्फ्यू लागेको छ । स्थानीय समयअनुसार बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहानसम्मको लागि कर्फ्यू लागेको बीबीसीले जनाएको छ । 

नाटकीय शैलीमा प्रदर्शनकारी भवनभित्र प्रवेश गर्दा सांसद भने सुरक्षाकर्मीको घेरमा रहेका थिए । अमेरिकी राष्ट्रपतिमा बाइडेन विजयी भएपछि रिपब्लिकन सांसदले असम्भव प्रयास लगातार गर्दै आएका थिए । संसदमा उनीहरुको प्रयास विफल हुने भए पनि प्रक्रिया लामो बनाइरहेका बेला यस्तो घटना भएको बताइएको छ । 



यो घटना अघि राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति माइक पेन्समाथि मत परिणामलाई प्रमाणिकरण नगर्न दबाब दिएको खुलेको  छ । यो घटनालाई ट्रम्पले हार स्वीकार गर्न नसक्दा अन्तिम अस्त्र प्रयोग अनुमान गरिएको छ । 

ट्रम्पको यो प्रयासको विश्वका नेताहरुले विरोध जनाएका छन् । 


  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार ६:३३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया