फ्रेन्च क्लब पेरिस सेन्ज जर्मन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेमार लामो समयपछि मैदान फर्किने भएका छन् । गोलीगाँठाको चोटका कारण १ महिना मैदान बाहिर रहेका नेमार बुधबार (आज) मार्से विरुद्धको खेलबाट मैदान फर्किने भएका हुन् ।
पिएसजीले आज ट्रफी डस च्याम्पियनको उपाधिका लागि मार्सेसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने दुई बजे हुनेछ ।
प्रशिक्षक मैरिसियो पोचेटिनोले नेमारको आगमनले खुसी बढेको बताएका छन् । ‘नेमार आजको खेलमा उपलब्ध हुनेछन् तर उनले सुरुवात गर्नेछन् वा खेलको बीचमा मैदान प्रवेश गर्नेछन् त्यो खेल अगाडि मात्रै थाहा हुन्छ’, पोचेटिनोले भने ।
नेमारले पछिल्लो पटक पिएसजीका लागि लिग वान अन्तर्गत डिसेम्बर १४ मा लियोनविरुद्ध खेलेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।