logo-img

भारत-अस्ट्रेलिया टेस्ट : तेस्रो दिनको खेल सकिँदा को बलियो ?

भारत र अस्ट्रेलियाको चौथो  टेस्ट अस्ट्रेलियामा जारी छ । ब्रिसबनस्थित गाब्बा मैदानमा जारी खेलको तेस्रो दिन सकिएको छ । तेस्रो दिन सकिँदा अस्ट्रेलिया र भारत दुवैको पहिलो इनिङको ब्याटिङ सकिएको छ। 

अस्ट्रेलियाले दोस्रो इनिङको ब्याटिङ सुरु गरेको छ।  तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलिया भारतभन्दा ५४ रनले अगाडि छ । तेस्रो दिनको अन्तिम समयमा दोस्रो इनिङ सुरु गरेको अस्ट्रेलिया बिना विकेटको क्षतिमा २१ रनको अवस्थामा छ। 

पहिलो इनिङमा अस्ट्रेलियाले ३६९ रन बनाएको थियो भने भारत करिब त्यसको नजिक पुगी ३६६ रनमा अलआउट भएको छ।  दोस्रो तीनको अन्तिममा वर्षाले खेल रोकिएपछि भारतले तेस्रो दिनको सुरुवात २ विकेट गुमाएर ६२ रनको अवस्थाबाट गरेको थियो। 



ओपनर शुभमान गिल र रोहित शर्मा आउट भइसकेका थिए । क्रिजमा अजिन्का रहाने र चेतेश्वर पुजारा थिए । त्यसपछि भारतले सस्तैमा ४ विकेट गुमायो । जम्मा १८६ रन जोड्दा ६ विकेट गुमाएर भारत कमजोर अवस्थामा पुगिसकेको थियो ।

भरपर्दा ब्याट्सम्यान पनि आउट भइसकेका थिए । छैटौँ नम्बरमा क्रिजमा आएका अलराउण्डर वासिङटन सुन्दर र सातौँ नम्बरमा आएका बलर सार्दुल ठाकुरले अविश्वासनीय प्रदर्शन गर्दा भारत अस्ट्रेलियालाई टक्कर दिन सफल भएको हो । ठाकुर र सुन्दरले सातौँ विकेटका लागि १२३ रनको साझदारी गरी भारतलाई बलियो अवस्थामा पुर्‍याएका थिए। 



सुन्दर र ठाकुर दुवैका लागि टेस्टको यो डेब्यू खेल हो । अघिल्ला क्रमका ब्याट्यम्यानले अर्धशतक समेत बनाउन नसकेका बेला दुवैले डेब्यू खेलमा नै अर्धसतक बनाए । सुन्दर ६२ र ठाकुर ६७ रन बनाएर आउट भए । बलिङमा पनि दुवैले अस्ट्रेलियाको ३–३ विकेट लिन सफल भएका थिए। 



यी दुईका अलवा सर्वाधिक बढी रोहित शर्माले ४४ रन बनाएका थिए । मयंक अग्रवालले ३८, कप्तान रहानेले ३७, चेतेश्वर पुजाराले २५ र ऋषभ पन्तले २३ रन जोडे। 

अस्ट्रेलियाका लागि जोश हजलेउडले ५ विकेट लिए  भने मिचेल स्टार्क र प्याट कुम्निसले २–२ विकेट लिए । नाथोन लियोनले १ विकेट लिए। 

भारत र अस्ट्रेलियाको कडा टक्कर हेर्दा बाँकी दुई दिनमा खेलको नतिजा कुनै एक टोलीले आफ्नो पक्षमा पार्छन् वा तेस्रो टेस्टजस्तै यो पनि बराबरीमा सकिन्छ भन्नेमा अन्योल देखिन्छ। 

४ खेलको टेस्ट श्रंखलामा पहिलो टेस्ट अस्ट्रेलिया, दोस्रो भारतले जितेको थियो । तेस्रो बराबरीमा सकिएको थियो । चौथो टेस्ट जित्ने टोलीले श्रंखला आफ्नो पक्षमा पार्नेछ। 

  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया