हङकङका नागरिकका लागि बेलायतले ल्यायो 'भिसा अफर'

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले हङकङका नागरिकका लागि भिसा योजना घोषणा गरेका छन् । चीनको नयाँ सुरक्षा कानुनको जवाफमा जोनसनले हङकङका नागरिकका लागि नागरिकतासहितको भिसा योजना ल्याएका हुन्। 

गत वर्ष घोषणा भएको उक्त योजना जनवरी ३१ आइतबारदेखि लागु हुने प्रधानमन्त्री जोनसनले शुक्रबार घोषणा गरेका छन् । उक्त योजनाअनुसार आवेदनकर्ताले ५ वर्षका लागि बस्न, पढ्न र काम गर्न पाउने गरी भिसा पाउनेछन्। 

त्यसपछि उनीहरुले बेलायतमै रहनका लागि नागरिकताको समेत आवेदन दिन पाउने जोनसनले घोषणा गरेका छन् । प्रधानमन्त्री जोनसनले हङकङका जनतासँग गरेको बाचा पूरा गर्नका लागि योजना लागु गरिएको बताएका छन्। 

बेलायतको उक्त योजनाको चीनले पहिलेनै विरोध गरिसकेको छ । चीनले नागरिकता वितरण योजना अन्तर्राष्ट्रिय कानुनविपरीत र आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै विरोध गरेको हो। 





  • प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार ११:१५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया