logo-img

सातदोबाटो पहिलोपटक ए डिभिजनमा उक्लियो

सातदोबाटो युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा स्थान बनाएको छ । बी डिभिजन लिगबाट बढुवा भएसँगै सातदोबाटोले ए डिभिजन लिग खेल्ने पक्का गरेको हो । 

हिजो भएको खेलमा खुमलटार युथ क्लब श्री भगवती क्लबसँग पराजित भएपछि बी डिभिजनको शीर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लब पहिलो पटक ए डिभिजनमा बढुवा भएको हो ।

लिगमा २५ अंकका साथ शीर्ष स्थानमा रहेको सातदोबाटोलाई ए डिभिजनमा उक्लनका लागि खुमलटारको हारले फाइदा पुग्यो । उसलाई पछ्याइरहेको खुमलटारको हारपछि सातदोबाटो मैदान बाहिर बसेर नै शीर्ष डिभिजनमा उक्लने पक्का भएको हो ।

जारी लिगमा दुई खेल खेल्न बाँकी भएको सातदोबाटोले बाँकी खेल हारे पनि कुनै फरक नपर्ने भएको छ । उसलाई आफ्नो बाँकी दुई खेलमा एक खेल जितेको खण्डमा शीर्ष डिभिजनमा उक्लने मौका थियो । तर, अब खुमलटारको हारले उसले बाँकी दुई खेल नै नखेली ए डिभिजनमा उक्लिएको हो ।





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया