युरोपियन फुटबलको शीर्ष प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम आठमा फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी) र इङ्ग्लिस क्लब लिभरपुलले स्थान बनाएका छन् । तर, लिगबाट स्पेनी जायन्ट बार्सिलोना भने बाहिरिएको छ ।
अन्तिम १६ को दोस्रो लेगअन्तर्गत गएरातिको खेलमा पिएसजीको घरेलु मैदानमा १-१ गोलको बराबरीमा रोकिएसँगै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको हो । दोस्रो लेग बराबरी भएपनि पहिलो लेगमा निकालेको ४-१ को जितसँगै समग्रमा ५-२ को जित निकाल्दै पिएसजीले अन्तिम आठमा स्थान पक्का गर्यो ।
FULL-TIME: @PSG_English 1-1 FC Barcelona.
— Paris Saint-Germain (@PSG_English) March 10, 2021
Aggregate: 5-2
We progress into the quarter finals of the @ChampionsLeague 💪 🏆#UCL | #PSGFCB pic.twitter.com/rqWRniII37
दोस्रो लेगको खेलमा पिएसजीले ३०औँ मिनेटमा पेनाल्टी पायो । जसमा युवास्टार केलियन एमबाप्पेले गोल गरे । त्यसको जवाफमा बार्साका लागि ३७औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गरेपनि टोलीलाई क्वाटरफाइनलमा पुर्याउन सकेनन् ।
यता, लिभरपुलले आरबी लाइपजिगलाई पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्यो । पहिलो लेग २-०ले आफ्नो पक्षमा पारेको लिभरपुलले दोस्रो लेगमा पनि २-० कै जित निकाल्यो । गएरातिको खेलमा उसका लागि मोहम्मद सलाहले ७०औँ र साडियो मानेले ७४औँ मिनेटमा गोल गरे ।
𝐅𝐢𝐫𝐬𝐭 𝐥𝐞𝐠: RB Leipzig 0-2 Liverpool
— Liverpool FC (@LFC) March 10, 2021
⚽️ Salah (53) ⚽️ Mane (58)
𝐒𝐞𝐜𝐨𝐧𝐝 𝐥𝐞𝐠: Liverpool 2-0 RB Leipzig
⚽️ Salah (70) ⚽️ Mane (74) pic.twitter.com/3zWF9P2vQU
दोस्रो लेगमा २-० को जितसँगै लिभरपुल समग्रमा ४-० गोलअन्तरको जित निकाल्दै अन्तिम आठमा पुग्यो । यससँगै यो पटकको च्याम्पियन्स लिगको जारी सिजनको अबका खेलमा फुटबलको अहिलेका पुस्ताका हस्तीहरु मेस्सी र क्रिस्टियानो रोनाल्डोको खेल सकिएको छ । रोनाल्डोको युभेन्टस पनि लिगबाट बाहिरिइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।