मोरङमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षका वृद्ध पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मोरङको रतुवामाई नगरपालिका–४ सिंगारी बस्ने ६० वर्षीय फुदिया मुखिया शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।
स्थानीय बाँसघारीमा लगेर मुखियाले बालिकालाई जबरजस्ती करणी गरेको खबर पाएपछि खटिएको इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।