logo-img

च्याम्पियन्स लिग : बायर्न र चेल्सी क्वाटरफाइनलमा

जर्मन जायन्ट बायर्न म्युनिख र इङ्ग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । अन्तिम १६ अन्तर्गत गएराति भएका दोस्रो लेगको खेलमा जित निकाल्दै दुवै टोलीले अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन् । 

घरेलु मैदानमा भएको दोस्रो लेगमा जर्मन क्लब बायर्नले इटालियन क्लब लाजियोलाई २-१ गालअन्तरले पराजित गर्यो । बायर्नका लागि रोबर्ट लेवान्डोस्की र इरिक म्याक्सिमले गोल गरे । 

खेलको ३३औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत अग्रता दिलाएको खेलमा ७३औँ मिनेटमा इरिकले गोल गर्दै जित पक्का गरे । लाजियोको लागि ८२औँ मिनेटमा मार्को पोरोलोले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । 

दोस्रो लेगमा २१ को जितसँगै बायर्न समग्रमा ६-२ गोल अन्तरको जितसहित अन्तिम आठमा पुग्न सफल भयो । पहिलो लेगमा बायर्नले लाजियोलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो । 



यस्तै, गएराति कै अर्को खेलमा इङ्ग्लिस क्लब चेल्सीले स्पेनी टिम एट्लेटिको मड्रिडको चुनौतीलाई २-० गोल अन्तरले पन्छायो । स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि हाकिम जियच र इमर्सन पेल्मिरीले गोल गरे । 



हाकिमले खेलको ३४औँ तथा पेल्मिरीले अतिरिक्त समयमा गोल गर्दै टोलीको जित पक्का गरे । एट्लेटिकोका स्टेफन सेभिकले खेलको ८१औँ मिनेटमा रातोकार्ड खाएपछि उसले खेलमा पुनरागमन गर्न सकेन । 

दोस्रो लेगमा २-० को जित निकालेको चेल्सी समग्रमा ३-० गोल अन्तरको जितसहित च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्यो । पहिलाे लेगमा चेल्सी १-० गाेल अन्तरले विजयी भएकाे थियाे ।



  • प्रकाशित मिति : चैत ५, २०७७ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया