जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले शीर्ष स्थानमा अंक दूरी बनाएका छ । गएरातिको खेलमा स्टुटगार्डलाई पराजित गरेसँगै बायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।
रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेको गएरातिको खेलमा १० खेलाडीमा सीमित बायर्नले स्टुटगार्डलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन सर्जी जिनाब्रीले एक गोल गरे ।
खेलको १२औँ मिनेटमै अल्फन्सो डेभिसले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो । तरपनि खेलमा बायर्नले शानदार जित दर्ता गराएको हो ।
खेलको १८औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसपछि जिनाब्रीले खेलको २२औँ मिनेटमा गोल गर्दा घरेलु टिमले २–० को अग्रता बनायो ।
खेलको २३औँ मिनेटमा गोल थप्दै लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल र ३९औँ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नलाई ४–० को जित दिलाए ।
जितसँगै बायर्नले २६ खेलमा ६१ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा यथावत रहेको छ । स्टुटगार्ड ३६ अंक जोडेर आठौँ स्थानमा रहेको छ ।
Ten men
— 🏆🏆🏆FC Bayern English🏆🏆🏆 (@FCBayernEN) March 20, 2021
Four goals
Three points
Clean sheet
Job well done ✅
🔴⚪ #FCBVfB 4-0 pic.twitter.com/fCxqUFC8a5
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।