नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दोस्रो स्पष्टीकरणपत्र बुझाएका छन् । उनको पछिल्लो स्पष्टीकरणमा नेतृत्वले लगाएका आरोप सबै झुटो भएको बताएका छन् ।
मंगलबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै स्पष्टीकरणको जवाफ पठाएका नेता पाण्डेले आफूलाई प्रचण्डको मतियार भन्ने आरोप लगाउनु हास्यास्पद भएको बताएका छन् ।
उनले भनेका छन्, ‘तपाईंले मलाई आरोपका रुपमा विभिन्न प्रश्नहरु तेर्स्याउनुभएको छ । प्रश्नहरु हेर्दा तपाईंमाथि नै धेरै प्रश्नहरु सोझिएका छन् ।’ प्रचण्डसँग १५ असोज ०७४ मा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र सिट बाँडफाँट गर्ने तथा ३ जेठ ०७५ मा पार्टी एकता गर्दा आलोपालो अध्यक्ष र आधाआधी प्रधानमन्त्री हुने गोप्य सहमति ओली आफैँले गरेको भन्दै उनले भनेका छन्, ‘अब तपाईं आफैं भन्नुस्, प्रचण्डको मतियार तपाईं हो कि अरु कोही ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।