logo-img

एमबाप्पे चम्किएपछि पिएसजी लिग वानको शीर्ष स्थानमा

युवा स्टार केलियन एमबाप्पे चम्किएपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले सहज जित निकालेको छ । एमबाप्पेले दुई गोलसँगै पिएसजीले मेट्जलाई सहजै पराजित गरेको छ ।

पिएसजीले मेट्जलाई उसकै मैदानमा ३-१ गोल अन्तरले हराएको हो । पिएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा मोउरो इकार्डीले एक गोल थपे । मेट्जका लागि फाविन सेन्टोनजीको गोल सान्त्वना बन्यो ।

मेट्जको घरेलु मैदानमा गएराति भएको खेलको चौथो मिनेटमा नै एमबाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो । ४६औँ मिनेटमा फाविनले फारिद बोउलायाको पासमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५९औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पनि दोस्रो गोल गर्दै पिएसजीलाई २-१ अग्रता दिलाए । र, खेलको ८९औँ मिनेटमा इकार्डीले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीको जित सुनिश्चित गरे । 



जितसँगै पिएसजी ३३ खेलबाट ७२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पिएसजीले एक खेल कम खेलेको लिललाई २ अंकले पछि पारेको छ । लिलको ७० अंक छ । पराजित मेट्ज ४३ अंक जोडेर १०औँ स्थानमा रहेको छ ।





  • प्रकाशित मिति : वैशाख १२, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया