इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले रोमाञ्चक जित निकालेको छ । बैंग्लोरले दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
१ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७० रन मात्रै बनाएपछि बैंग्लोरले १ रनको जित निकालेको हो ।
दिल्लीका कप्तान ऋषभ पन्त ४८ बलमा ६ चौका प्रहार गर्दै ५८ रनमा अविजित रहे । शिम्रन हेटमायरले २५ बलमा २ चौका र ४ छक्का सहित ५३ रनमा अविजित रहेपनि टोलीलाई जिताउन सकेनन् ।
बैंग्लोरका हर्षल पटेलले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराज र काइल जामिसनले १–१ विकेट लिए ।
त्यसअघि अहमदाबादमा टस हारेर पहिले ब्याटिङ थालेको बैंग्लोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । बैंग्लोरका एबी डिभिलियर्स ४२ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ७५ रन बनाउँदै अविजित रहे ।
दिल्लीका ईशान्त शर्मा, अमित मिश्रा, अक्षर पटेल, आवेश खान र कागिसो रबाडाले १–१ विकेट लिए ।
रोमाञ्चक जितसँगै बैंग्लोर ६ खेलबाट ५ जित र १ हारसहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई ५ खेलमा ४ जित र १ हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।
दिल्ली ६ खेलबाट ४ जित र २ हारसहित ८ अंक भएपनि नेट रन रेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ जित र २ हारसहित चौथो स्थानमा छ ।
Winning by 1 run, we must talk about how this was an equally poised contest. But we’re glad we came on top. Cricket won again tonight! 🙌🏻
— Royal Challengers Bangalore (@RCBTweets) April 27, 2021
We move on to the next Challenge. 👊🏻#PlayBold #WeAreChallengers #IPL2021 #DCvRCB #DareToDream pic.twitter.com/71q396R8EE
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।