फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन फरवार्ड नेयमारले पिएसजीसँग नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौता अनुसार उनी पिएसजीमा २०२५ जुन ३० सम्म रहनेछन् । २९ वर्षीय नेयमारले नयाँ सम्झौताको कारक तत्व खुशी भएको बताएका छन् ।
पिएसजीको वेबसाइट अनुसार उनले भनेका छन्, ‘मैले धेरै कुरा सिकेँ । केही घटना घटे, जुन नघट्नु पर्ने थियो । हामीले झगडा गर्याैँ, हामी दुखी पनि भयौँ । तर म यहाँ खुशी छु । मैले पिएसजीलाई धेरै ट्रफी दिलाउनेछु भन्ने कुरामा आशा गर्दछु । ’
उनी सन् २०१७ मा बार्सिलोनाबाट २०० मिलियन युरोमा पिएसजीमा अनुबन्ध भएका थिए । उनले पिएसजीका लागि ११२ खेलमा ८५ गोल र ५१ असिस्ट गरिसकेका छन् ।
पिएसजी लगातार चौथो पटक लिग वान टाइटल जित्ने दाउमा छ । शीर्ष स्थानकाे लिलीसँग पिएसजी ४ अंकले पछाडि रहेको छ ।
🤙❤️💙#NeymarJr2025 pic.twitter.com/sGM4K27n7T
— Paris Saint-Germain (@PSG_English) May 8, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।