एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको उपाधिसँगको अंक दूरी कम गरेको छ । गएरातिको महत्वपूर्ण खेलमा जित निकालेसँगै एट्लेटिकोले उपाधिसँगको अंक दूरी कम गरेको हो ।
ला लिगा टेबलको शीर्ष स्थानमा रहेको एट्लेटिकोले गएरातिको खेलमा रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि होडमा बलियो बनेको हो ।
एट्लेटिकोलाई घरेलु मैदानमा यान्निक कारास्कोको १६औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २८औँ मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोको अग्रता २–० मा पुर्याए ।
सोसिडाडले खेलको ८३औँ मिनेटमा जवाफी १ गोल फर्काएपनि जित निकाल्न सकेन । सोसिडाडका लागि इगोर जुबेल्डियाले गोल गरेका थिए ।
सोसिडाडमाथिको जितसँगै एट्लेटिको ला लिगाको उपाधि नजिक पुगेको छ । अब २ खेल्न बाँकी रहेको उसले ४ अंकको अग्रता बनाएको छ ।
YES YES YESSSSS!!! ➕3️⃣🔴⚪ pic.twitter.com/lmxg0UFGgr
— Atlético de Madrid (@atletienglish) May 12, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।