जर्मन बुन्डेसलिगा फुटबलमा च्याम्पियन बनिसकेको बायर्न म्युनिखका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले एकै सिजन बुन्डेस लिगामा सर्वाधिक गोल गर्ने बायर्नका लेजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमानसँग बराबरी गरेका छन् ।
लेवान्डोस्कीले जारी सिजनमा ४० गोल गर्दै लेजेण्ड खेलाडी मुलरको कीर्तिमानसँग बराबरी गरेका हुन् । गएराति फ्रेईबर्गसँगको खेलमा गोल गर्दै लेवान्डोस्कीले मुलरको कीर्तिमानसँग बराबरी गरेका हुन् । उनले २८ लिग खेलमा ४० गोल पूरा गरेका हुन् ।
लेवान्डोस्कीले कीर्तिमान बनाएको खेलमा लिगको च्याम्पियन बनिसकेको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बायर्न फ्रेईबर्गसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
फ्रेईबर्गको मैदानमा खेलको २६औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । जसमार्फत लेवान्डोस्कीले जारी सिजनमा ४०औँ गोल पूरा गरेका हुन् ।
यसअघि सन् १९७१–७२ को सिजनमा बायर्न कै गर्ड मुलरले एकै सिजन ४० गोल गर्दै उक्त कीर्तिमान कायम गरेका थिए । लेवान्डोस्कीले मुलरको नाममा रहेको ४९ वर्ष पुरानो रेकर्ड बराबरी गरेका छन् ।
HE'S DONE IT! 🔥🔥 ROBERT #LEWANG40LSKI. ⚽️🐐@Lewy_Official has matched Gerd Müller's legendary #Bundesliga record of 4️⃣0️⃣ goals in a single season. 🙌 @FCBayernEN pic.twitter.com/dk4hmRhxy7
— Bundesliga English (@Bundesliga_EN) May 15, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।