logo-img

बेन्जिमा राष्ट्रिय टोलीमा फर्कदा खुसी लागेको छ : एमबाप्पे

फ्रेन्च युवा स्टार केलियन एमबाप्पेले रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई  राष्ट्रिय टिममा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

आगामी महिनादेखि सुरु हुने युरो कपका लागि प्रशिक्षक डिडियर डेसच्याम्पले २६ सदस्यीय फ्रेन्च टोली घोषणा गर्दा बेन्जिमा पनि अटाएका थिए । 

बेन्जिमा ६ वर्ष राष्ट्रिय टोलीमा रहेनन् । यही समयमा चम्किएका एमबाप्पेले लगातार राष्ट्रिय टोलीमा स्थान बनाइरहेका छन् । 

बेन्जिमा नहुँदा फ्रान्सको अग्रपङ्क्ति एमबाप्पे, एन्टोइन ग्रिजम्यान र ओलिभर जिरुडले सम्हालेका थिए । बेन्जिमाको आगमनसँगै प्रशिक्षक डेसच्याम्पले अग्रपङ्तिमा उनीसँगै ग्रिजम्यान र एमबाप्पेलाई खेलाउने सम्भावना छ । 



‘बेन्जिमाको पुनरागमनमा म धेरै खुसी छु’, एमबाप्पेले भने, ‘मैले सँधै भन्ने गरेको छु कि म सर्वोकृष्ट खेलाडीसँग खेल्न चाहान्छु, यहाँ धेरै खेलाडी छैनन् जो बेन्जिमा भन्दा उत्कृष्ट छन् । टिमलाई के दिनुपर्छ र त्यसका लागि के गर्नुपर्छ उनलाई राम्रोसँग थाहा छ ।’

‘बेन्जिमाले १० वर्ष रियल मड्रिडमा बिताएका छन् । उनले दबाबलाई राम्रोसँग बुझेका छन्’, एमबाप्पेले थपे, ‘उनीसँग अनुभव छ र सबैभन्दा ठूलो कुरा उनीसँग प्रतिभा छ ।’



‘उत्कृष्ट खेलाडीलाई टिममा घुलमिल हुन धेरै समय लाग्दैन’, एमबाप्पेले भने, ‘मलाई यकिन छ कि बेन्जिमा पनि चाँडै टिमसँग भिज्ने छन् ।’ 



  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया