नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले जनता महामारीसँग जुधिरहेका बेला गरिएको निर्वाचन राष्ट्रपति र प्रधानमन्त्रीलाई महंगो पर्ने बताएका छन् ।
मध्यराति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गर्दै निर्वाचनको घोषणा गरेपछि शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो’ शर्माले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राखेका छन्, बुझि राख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्री जी, महाव्याधिका बेला मध्यावधिको रंगिन सपना महंगो पर्नेछ’
राष्टपति र प्रधानमन्त्रीले गरेको संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महंगो पर्ने शर्माको भनाइ छ । महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई मध्यावधि निर्वाचन निर्मम उपहार भएको शर्माले बताएका छन् ।
यो कदमलाई शर्माले इतिहासको नयाँ कोतपर्वको संज्ञा दिएका छन् ।
‘हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्, हामी अघि हुनेछौं, जित जनताको हुनेछ,लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ’ शर्माको चेतावनी छ ।
महामारीमा मृत्युुसंग जुधिरहेका जनतालाई
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 21, 2021
निर्मम उपहार मध्यावधि ! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा !
तर @PM_Nepal हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्,हामी अघि हुनेछौं, जीत जनताको हुनेछ,लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ !
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।