नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गर्दै मध्यरातमा राष्ट्रपति निर्वस्त्र भएको टिप्पणी गरेका छन् । नेता गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
नेता गुरुङले संविधानको धारा ७६(५) बमोजिम सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपति आफैँ निर्वस्त्र बनेको बताएका हुन् । उनले आफैले आह्वान गरेका आफैले विघटन गरेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानअनुसार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेपछि मध्यरातमा संसद नै विघटन भएको आरोप लगाए ।
राष्ट्रपति भण्डारीले मुलुकको अभिभावक बन्नुपर्ने अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता बनेको बताए । गुरुङले लेखेका छन्, 'मुलुकको अभिभावक बन्नुको सट्टा राष्ट्रपति ओलीको कार्यकर्ता बनेर निर्वस्त्र बनिन् ।'
मध्यरातमा राष्ट्रपति निर्वस्त्र!
— Dhan Raj Gurung (@dhanrgrg) May 22, 2021
संबिधानको धारा ७६(५)बमोजिम सरकार गठनका लागि आह्वान गर्ने आफै।
शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दावी गरेपछि मध्यरातमा संसद नै विघटन!
मुलुकको अभिभावक बन्नुको सट्टा राष्ट्रपति अोलीको कार्यकर्ता बनेर निर्वस्त्र बनिन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।