स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । गएराति रियल भालाडोलिडलाई २–१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो ।
सिजनको आफ्नो अन्तिम खेलमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक एक गोल गरे । घरेलु मैदानमा भालाडोलिडका ओस्कार प्लानोले एक गोल फर्काए ।
घरेलु टोली भालाडोलिडले खेलमा सुरुवाती अग्रता बनाएपनि पराजित हुन पुग्यो । उसका लागि ओस्कारले खेलको १८औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ५७औँ मिनेटमा कोरेयाले गोल गरेपछि पाहुना टोली १–१ गोलको बराबरी गर्दै खेलमा फर्कियो । खेलको ६७औँ मिनेटमा सुआरेज गोल थपेपछि एट्लेटिकोले २–१ को जित निकाल्दै उपाधि कब्जा गर्यो ।
भालाडोलिड माथिको जितसँगै एट्लेटिकोले अंक तालिकामा ३८ खेलबाट ८६ अंक जोड्यो । साविक विजेता रियल मड्रिडलाई २ अंकले पछि पार्दै एट्लेटिकोले उपाधि जितेको हो । दोस्रो स्थानको रियलले ८४ अंक जोड्यो ।
भालाडोलिड भने रेलिगेसनमा परेको छ । भालाडोलिडले ३८ खेलमा ३१ अंक जोड्यो । एट्लेटिकोले ७ वर्षपछि ला लिगाको उपाधि जितेको हो । पछिल्लो पटक एट्लेटिकोले सन् २०१४ मा उपाधि जितेको थियो । एट्लेटिकोको यो ११औँ ला लिगा उपाधि हो ।
H A P P I N E S S ❤️🤍#CampeonesPartidoAPartido pic.twitter.com/5n2arS4H21
— LALIGA CHAMPIONS 🔴⚪️🏆 (@atletienglish) May 22, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।