अफ्रिकी भूपरिवेष्ठित राष्ट्र बुर्किना फासोमा सशस्त्र विद्रोहीको आक्रमणबाट कम्तिमा १३० जना स्थानीयको मृत्यु भएको छ ।
विद्रोही समूहको आक्रमणबाट बुर्किना फासोको उत्तरी क्षेत्रमा स्थानीय सर्वसाधारणको मृत्यु भएको हो । विद्रोही समूहले मध्यरातमा गरेको आक्रमणबाट १३२ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
बुर्किना फासोको स्थानीय सोल्हान भन्ने ठाउँमा रातको समयमा विद्रोहीले सर्वसाधारणका घरमा आगजनी गर्नुका साथै जथाभावी आक्रमण गरेको बिबिसीले लेखेको छ ।
उक्त विभत्स आक्रमणको अहिलेसम्म कुनैपनि विद्रोही समूहले जिम्मेवारी लिएका छैनन् । तर, सरकारी अधिकारले भने सीमा क्षेत्रमा सशस्त्र गतिविधि गरिरहेका इस्लामिक आक्रमणकारीको संलग्नता रहेको आशंका गरेका छन् ।
१३२ जना सर्वसाधरणको हत्याको घटनालगत्तै राष्ट्रपति रोब काबोरेले बुर्किना फासोमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका समाचारमा जनाइएको छ । सेनाले आतंकवादविरुद्धको कारबाही सुरु गरिसकेकाले पनि बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।