आइसिसि विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलमा अहिले भारत र न्यूजिल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन् । इड्ल्याण्डको साउथम्टनमा खेल शनिबारबाट सुरु भएको छ।
न्यूजिल्याण्डले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ सुरु गरेको थियो । पहिलो दिनको खेल सकिँदा भारत ३ विकेट गुमाएर १४६ रनको अवस्थामा छ । भारतले ३ विकेट छिट्टै गुमाएको थियो ।
६२ रन हुँदा रोहित शर्मा र ६३ रन हुँदा अर्काे ओपनर शुभमान गिल आउट भए । शर्माले ३४ र गिलले २८ रन जोडे । ८८ रन हुँदा व्यक्तिगत ८ रनमा चेतेश्वर पुजारा आउट भए । कप्तान विराट कोहली र अजिंका रहानेले इनिङ उकास्ने काम गरे । पहिलो दिनको खेल सकिँदा कोहली ४४ र रहाने २९ रनमा अविजित छन् ।
कोहली र रहाने पछि टेस्ट क्रिकेटमा पनि आक्रामक ब्याटिङ गर्दै आएका ऋषव पन्त र रविन्द्र जडेजा ब्याटिङ लाइनमा छन् । अफब्रेक स्पीनर रविचन्द्र आश्विनको पनि टेस्ट ब्याटिङमा राम्रो रेकर्ड छ ।
आइतबार न्युजिल्याण्डका लागि यी ५ ब्याट्म्यानलाई रोक्नु मुख्य चुनौती हुनेछ । अझै क्रिजमा टिकेर इनिङलाई बलियो अवस्थामा पु¥याउने दाउ कोहली र रहानेको हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।