logo-img

प्रहरीका १६ जना डिआइजीको सरुवा

नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा गरिएको छ । गृहमन्त्री खगराज अधिकारीले डिआइजीको सरुवा गरेका हुन् । 

डिआइजी अरुणकुमार बिसीको प्रदेश–१ प्रहरी कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै, डिआइजी उमेश रञ्जितकार प्रदेश–२ मा सरुवा भएका छन् । 

बागमती प्रदेशमा प्रकाशजंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ । 

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वसन्तकुमार पन्तलाई पठाइएको छ भने केन्द्रीय अनुसन्धान ब्युरोमा धीरजप्रताप सिंहको सरुवा गरिएको छ । डिआइजी घनश्याम अर्याललाई विशेष ब्युरोमा सरुवा गरिएको छ ।







  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया