logo-img

टेस्ट च्याम्यिनसिप फाइनलमा वर्षा वाधक : बराबरीमा टुंगिने संकेत

आइसिसी टेस्ट च्याम्पियन्ससिप फाइनलमा अहिले भारत र न्युजिल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। इङ्ल्यान्डको साउथह्यामटनमा जारी टेस्ट पाँचौ दिन भइसकेको छ। 

पाचौँ दिनको खेल पनि वर्षाका कारण सममा सुरु हुन सकिरहेको छैन। न्युजिल्याण्डले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरेको थियो। पहिलो इनिङमा भारत २१७ बनाउँदा अलआउट भयो। त्यसपछि पहिलो इनिङको ब्याटिङ गर्ने क्रममा न्युजिल्याण्ड २ विकेट गुमाएको अवस्थामा १०१ रन बनाएको छ। तेस्रो दिनबाट खेल यही अवस्थामा अड्किरहेको छ। 

दोस्रो दिन पनि वर्षा र खराब प्रकाशका कारण ६५ ओभरको मात्र खेल हुनसक्यो। तेस्रो दिनको अन्त्यतिर खराब प्रकाशले खेल बिथोल्यो भने चौथौ दिन वर्षका कारण खेल हुन सकेन। 



मंगलबार (आज) हुने खेलले टेस्टको भविष्य निर्धारण गर्छ तर इङ्ल्यान्डको मौसम विभागले आज पनि पानी पर्ने सम्भावना जानकारी दिएको छ। १० बजे नै सुरु हुनुपर्ने खेल अहिले त्यहाँको स्थानीय समयअनुसार करिब बिहानको सवा ११ बजिसकेको छ। खेल सुरु हुन सकेको छैन। 

आइसिसीको फाइनल निमय अनुसार वर्षाले प्रभावित टेस्ट छैटौँ दिनमा पनि खेल्न सकिन्छ तर पाँचौँ दिन (मंगलबार) खेल हुन नसके यो टेस्ट बराबरीमा सकिने निश्चत छ। यदि टेस्ट बराबरीमा सकिए दुवै टोलीलाई विजेता घोषणा गरिनेछ। 



दि रोज बाउलमा टस हारेका ब्याटिङको निम्तो पाएको भारतले पहिलो पारीमा सवै विकोट गुमाएर २१७ रन बनाएको थियो। उसका लागि अजिंका रहाणेले सर्वाधिक ४९ रनको योगदान दिँदा कप्तान विराट कोहलीले ४४ र रोहित शर्माले ३४ रन बनाए।



न्युजिल्याण्डका काइल जिमिसनले ५, ट्रेन्ट बोल्ट र निल वाग्नरले समान २–२ विकेट लिदाँ टिम साउटीले १ विकेट हात पारे। न्युनिल्याण्डका लागि टम लाथम र डिभोन कोन्वेले राम्रो सुरुवात दिलाए।

पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे। लाथमले ३० र कोन्वेले ५४ रनको योगदान दिए। कोन्वेले १५३ बलको सामना गर्दा ६ चौका प्रहार गरे।

अहिले न्युजिल्यान्डले २ विकेट गुमाउँदै १०१ रन बनाएको छ। कप्तान केन विलियमसन ३७ बलमा १२ रनका साथ अविजित रहँदा रोस टेलरले साथ दिइरहेका छन्। टेलरले २ बलको सामना गर्दा रनको खाता खोल्न सकेका छैनन्। भारतका रविचन्द्रन आश्विन र इशान्त शर्माले १–१ विकेट लिएका छन्। 

  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया