पर्वतमा एक युवाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको बिहादी गाउँपालिका-१ बाच्छाको क्युडाँडा बस्ने लाल बहादुर सार्कीले आफ्नै श्रीमती ३६ वर्षीय तारा नेपालीको कोदालोले हानेर हत्या गरेका हुन् ।
असार ४ गते मादक पदार्थ सेवन गरेर लाल बहादुरले कोदालोले हानी गम्भीर घाइते बनाएका थिए । नेपालीको सोमबार घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमानको कुटपिटबाट मृत्यु भएको खबर प्राप्त गरेको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले लाल बहादुरलाई पक्राउ गरेको थियो । सार्की विरुद्ध ज्यानसम्बन्धी कसुरमा मृतकका भाइ जितबहादुर नेपालीले जाहेरी किटानी दिएका थिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ । मृतक नेपालीका दुई छोरी र तीन छोरा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।