logo-img

किसानलाई आधुनिक कृषि औजार वितरण
किसानलाई कृषि औजार वितरण गर्दै कर्णाली प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली । तस्बिर : वसन्त भण्डारी/फरकधार ।

सुर्खेतको लेकवेशी नगरपालिकाका किसानलाई आधुनिक कृषि औजार वितरण गरिएको छ । नगरपालिका-४ दशरथपुरमा रहेक किसानलाई मिनिटेलर हर्स पावर वितरण गरिएको हो । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव ०७७/७८ को वार्षिक विकास कार्यक्रम अनुसार किसानलाई कृषि सामग्री वितरण गरिएको हो । 

कृषि सामग्री कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले वितरण गरेकी छन् । कृषकलाई सामग्री हस्तान्तरण गर्दै मन्त्री नेपालीले विपन्न समुदायको जीवनस्तर बदल्नका लागि सरकारले दलित तथा अति विपन्न समुदायका परिवारका लागि लक्षित वर्ग विशेष कार्यक्रम सञ्चालनमा ल्याएको बताइन् । 

कृषिलाई व्यावसायिक र आधुनिकीकरण गर्न प्रदेश सरकार लागेको भन्दै मन्त्री नेपालीले अनुदानलाई सही सदुपयोग गरेर कृषि खेतीलाई अघि बढाउन आग्रह गरिन् । सरकारी अनुदान लिएर काम नगर्ने तथा अनुदानलाई दुरुपयोग गर्ने गरेको पाइएमा कारबाही गरिने समेत बताइन् ।

मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार कर्णाली प्रदेश सभाका सदस्यको प्रत्यक्ष निगरानी हुने गरी दलित अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रम अन्तर्गत कृषि औजार वितरण गरिएको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका प्रमुख चित्रबहादुर रोकायाले बताए ।

रोकायाका अनुसार प्रदेश सरकारको ७५ प्रतिशत र समुदायको २५ प्रतिशत लगानी हुने कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमबाट दशरथपुरमा ७ हर्स पावरको १३ वटा मिनि टेलर, एक वटा रोटाभेटर तथा ५० हजार बराबरको तरकारीको बिउ वितरण गरिएको प्रमुख रोकायाले जानकारी दिए । 

दलित तथा अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रम अन्तर्गत सम्बन्धित प्रदेश सांसदको सिफारिसमा सिँचाइ संरचना निमार्ण, तरकारी खेतीका लागि पलास्टिक टनेल निमार्ण, जमिन जोत्नका प्रयोग हुने मिनिटेलर तथा तरकारी खेतीका लागि बजेटलाई कार्यान्वयन गरिएको कृषि विकास निर्देशनालयले जनाएको छ । 



 



  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १६:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया