आइपिएलका बाँकी खेलमा न्युजिल्यान्डका खेलाडी सहभागी हुने

कोरोना महामारीका कारण रोकिएको इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी खेल युएईमा १९ सेप्टेम्बरदेखि अक्टाेबर १५ सम्म हुने तय भएको छ ।

कोरोना महामारीका कारण मे ४ बाट रोकिएको लिगका बाँकी ३१ खेल युएईका तीन सहर सारजहा, दुबई र अबुधाबीमा हुने निश्चित भएको हो ।

लिगका बाँकी खेलमा विदेशी खेलाडीको सहभागितालाई लिएर अन्योल छाएको बेलामा न्युजिल्यान्ड क्रिकेट बोर्डले भने आफ्ना खेलाडीलाई आइपिएल खेल्ने अनुमति दिएको छ ।

क्रिकेट डट कममा न्युजिल्यान्डका ८ खेलाडीले आइपिएलका बाँकी खेलमा सहभागिता जनाउने पक्का भएको उल्लेख छ ।

न्युजिल्यान्ड तथा आइपिएल फ्रेन्चाइज टिम सनराइजर्स हैदराबादका कप्तान केन विलियमसनसहित ट्रेन्ट बोल्ट, काइल जेमिसन, मिचेल स्यान्टनर, टिम सिफर्ट, एडम मिल्ने, जेम्स निसम र फिन एलने प्रतियोगितामा सहभागिता जनाउने छन् ।

अन्य विदेशी खेलाडीको सहभागिता अन्योल



आइपिएलमा ७ देशका ६२ विदेशी खेलाडीको सहभागिता रहेको छ । न्युजिल्यान्डका ८ खेलाडी लिगका बाँकी खेलमा उपलव्ध हुने भए पनि अन्य खेलाडीको भने कुनै टुङ्गो लागेको छैन ।

इङ्ल्यान्ड र अस्ट्रेलिया क्रिकेट बोर्डले यसअघि नै आफ्ना खेलाडी आइपिएलका बाँकी खेलमा उपलव्ध नहुने बताइसकेका छ । दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश र वेस्ट इन्डिजका खेलाडी पनि लिगका बाँकी खेलमा सहभागी हुने सम्भावना निकै कम छ । 



 

  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार १०:७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया