क्रिकेट खेलाडीको समूहगत प्रशिक्षण जारी

आइसिसीको निर्णयपछि बन्द प्रशिक्षण रोकिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रहेका खेलाडीको समूहगत प्रशिक्षण भने जारी रहने भएको छ । नेपाल क्रिकेट संघले हिजो खेलाडीको बन्द प्रशिक्षण नहुने निर्णय गरेको थियो । 

आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्पेनमा आयोजना हुने तय भएको नेपाल, स्कटल्याण्ड र नामिबियाको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज स्थगित भएपछि क्यानले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित गर्ने निर्णय गरेको थियो ।

आइसिसीले बिहीबार विज्ञप्ति जारी गर्दै सिरिज स्थगित गरेको बताएको थियो । बन्द प्रशिक्षण रोकिए पनि क्यानले खेलाडीहरुलाई सानो समूहमा प्रशिक्षण भने जारी राख्ने भएको छ । 

“बन्द प्रशिक्षण स्थगित भएता पनि खेलाडीहरुले सानो समूहमा कोभिड–१९ का लागि सावधानी अपनाउँदै प्रमुख प्रशिक्षक डेभ ह्वाटमोर र फिजियो विक्रम न्यौपानेको निगरानीमा प्रशिक्षण जारी राख्नेछन्”, क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।





  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार १२:५५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया