logo-img

छोराले ढुंगा प्रहार गरी गरे बाबुको हत्या

मोरङमा बाबुछोराबीच विवाद हुँदा छोराले ढुंगा प्रहरी बाबुको हत्या गरेका छन् ।

जिल्लाको सुनवर्षी नगरपालिका-४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुंगा प्रहार गरी ६८ वर्षीय टिनलाल ताजपुरियाको हत्या गरेका हुन् । 

शनिबार बिहान छ बजेतिर दयालुले टिनलालको टाउकोमा ढुंगा प्रहार गरेपछि उनी गम्भीर घाइते भएका थिए । 

घाइते टिनलाललाई कोसी अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले यहाँ उपचार नहुने बताएपछि अन्यत्रै रिफर गरेको थियो । तर आर्थिक अवस्था नाजुक हुँदा घाइतेलाई घरमै फर्काइयो । घरमै आइतबार बिहान साढे ५ बजेतिर उनको मृत्यु भएको प्रहरीले बताएको छ । 



प्रहरीको प्रारम्भिक अनुसन्धानबाट छोराले मादक पदार्थ सेवन गरेर हल्ला गर्न थालेपछि बाबुछोराबीच भएको विवादले उग्र रूप लिएको हुनसक्ने देखिएको छ । 

बाबुको हत्याको आरोपमा दयालुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको छ । 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया