प्रतिनिधिसभा विघटनविरुद्ध ५ विद्यार्थी संगठनले देशभर विरोधका कार्यक्रम भएका छन् ।
सोमबार बिहान बसेको ५ विद्यार्थी संगठनको बैठकले काठमाडौं लगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
आइतबार बिहान बसेको नेपाल विद्यार्थी संघ, अनेरास्वियू(क्रान्तिकारी),अनेरास्ववियु, समाजवादी विद्यार्थी यूनियन, अखिल छैटौँले यस्तो निर्णय गरेको हो ।
विद्यार्थी नेताहरुको बैठकले संसद विरुद्ध सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
असार १६ गते देशका ७७ जिल्ला तथा १७ गते काठमाडौं उपत्यकामा प्रधानमन्त्रीको पुत्ला दहनसहित संयुक्त विद्यार्थी प्रदर्शन गर्ने निर्णय विद्यार्थी संगठनले गरेका छन् ।
पाँचै विद्यार्थी संगठनका प्रदेश, जिल्ला, विश्वविद्यालय तथा कलेजमा संघर्ष समिति गठन गरिएको पनि नेता बस्नेतले जानकारी दिए ।
महामारीको मौका छोपेर पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि, जातीय विभेदको मुद्दामा मन्त्रीको कार्यशैली, महामारीमा सरकरले गरेको बेवास्ता जस्तै विषय पनि उनीहरुले उठाएका छन् ।
संघर्षका कार्यक्रमहरु घोषणा गर्दै छ विद्यार्थी संगठनका नेताहरुले संयुक्त वक्तव्य जारी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।