logo-img

सानेपामा भारतीय नागरिकको शंकास्पद मृत्यु, टाउकोमा हम्मरले हानेको चोट
सांकेतिक तस्बिर

ललितपुरको सानेपामा एक जनाको शव फेला परेको छ । सानेपास्थित गुसिटोल राम मन्दिर नजिकै फ्ल्याट लिएर बस्दै आएका ५९ वर्षीय सत्यनारायण तमिलीको शव फेला परेको हो । उनको मृत्युलाई प्रहरीले शंकास्पद भनेको छ । 

दुई तले घरको दोस्रो तलमा उनको शव फेला परेको थियो । घटनास्थलमा अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली पुगेको छ । 

भारतीय नागरिक सत्यनारायण न्युरोडस्थित एटलान्टिक कम्प्युटर प्रालिमा काम गर्दै आएका थिए । 

प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको हुन सक्ने देखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् । घटनास्थलमा हम्मर पनि भेटिएको र टाउकोमा चोट देखिएकाले हत्या गरिएको हुनसक्ने एसएसपी बज्राचार्यले बताइन् ।
 
मृतक तमिलीको फ्ल्याटमा एक महिला काम गर्न आउने गरेकी थिइन् । ती महिला दिनदिनै आएर खाना बनाइदिएर जाने गरेकी थिइन् ।



शुक्रबार खाना खुवाएर फर्किएकी महिला शनिवार बिहान खाना बनाउन आउँदा ढोका बन्द थियो । भित्रबाट च्यानल गेट बन्द भएपछि उनले फोन गरेकी थिइन् । तर, फोन नउठेपछि फर्किएको बयान प्रहरीलाई दिएकी छन् । 

एसएसपी बज्राचार्यका अनुसार ती महिलाले आज बिहान पनि ढोका नखुलेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेकी थिइन् । 



प्रहरी गएर हेर्दा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको एसएसपी बज्राचार्यले बताइन् । 



  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया