लगातार चार पटक अवरुद्ध भएको प्रदेश १ प्रदेशसभा बैठक आजदेखि सुचारु भएको छ ।
आजको संसद् बैठक बस्नुअघि प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । बैठकमा भौतिक पूर्वाधार मन्त्री अम्बिरबावु गुरुङले मन्त्रीले सभामुखले रुलिङ गरेपछि बोलेको कुरा रेर्कडबाट हटाउने सहमति भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले आजको प्रदेशसभा बैठक सुरु भए लगत्तै मन्त्री गुरुङले रुलिङपछि बोलेका कुरा रेर्कडबाट हटाउन निर्देशन दिएका थिए ।
यसअघि माओवादी केन्द्रको अवरोधका कारण प्रदेशसभा बैठक लगातार चार पटक अवरुद्ध भएको थियो ।
प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद मोहनकुमारलाई सुध्रिएर आउन चेतावनी दिएका थिए ।
यसपछि माओवादी केन्द्रले मन्त्रीले आफ्नो बोली फिर्ता लिँदै माफी माग्नु पर्ने र संसदको रेकर्डबाट उनको भाषण हटाउनु पर्ने माग गर्दै आएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।