logo-img

सुजिता मृत्यु प्रकरण : सावित्री नेतृत्वमा उग्र प्रदर्शन, डीएसपीसहित सात प्रहरी घाइते, राप्तीमा कर्फ्यु

राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणलाई लिएर पूर्वी चितवनमा जारी प्रदर्शनले हिंसात्मक रुप लिन थालेको छ। रुपाका हत्यारालाई कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा जारी प्रदर्शनका क्रममा मंगलबार एकजना डीएसपीसहित ७ जना घाइते भएका छन्। 

आफूलाई महिला अधिकारकर्मीका रुपमा चिनाउने सावित्री सुवेदी नेतृत्वमा गरिएको प्रदर्शन उग्र बनेपछि भएको झडपमा सातजना घाइते भएका हुन्। 

त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले २४ घण्टाका लागि राप्ती नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। राप्ती नगरपालिकामा पर्ने पूर्व-पश्चिम राजमार्गमा स्थानीयले टायर बालेर प्रदर्शन गरेका थिए। 

त्यही क्रममा मंगलबार दिउँसो केहीबेर झडप भएको हो। त्यस क्रममा ७ प्रहरी घाइते भएका छन्। प्रदर्शन उग्र भएपछि प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको थियो ।



त्यसपछि राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्गको दायाँ बायाँ ५ सय मिटरभित्र पर्ने क्षेत्रमा कर्फ्यु लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। 

कर्फ्यु मंगलबार साँझ ७:३० बजेदेखि बुधबार बेलुका ७ : ३० बजेसम्मका जारी गरिएको हो। मृत भेटिएकी सुजिताको पोष्टमार्टम सही विधिमा नभएको भन्दै सुवेदी नेतृत्वमा पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिएको थियो। यसअघि सोमबार पनि स्थानीयले राजमार्ग बन्द गरेर आन्दोलन गरेका थिए। 





  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया