logo-img

सुरेन्द्र पाण्डेले भने : ओली-नेपाल वार्ता सकारात्मक, जे हुन्छ भोलि नै हुन्छ

नेकपा एमालेका एकजना नेता सुरेन्द्र पाण्डेले नक्सालस्थित होटल मेरियटमा बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच भएको वार्ता सकारात्मक रहेको बताएका छन्।

दुई नेताबीच भएको उक्त वार्तालाई नेता पाण्डेले सकारात्मक भनेका हुन्। उनका अनुसार सुरुमा ओली-नेपाल वान टु वान वार्ता भएको थियो। त्यसपछि नेता पाण्डे, ईश्वर पोखरेल, विष्णु पौडेल र भीम रावलको उपस्थितिमा वार्ता भएको थियो।  

'पहिला हामीले दुईजनालाई वान टु वान छलफल गर्न लगायौँ। वार्ता सकारात्मक छ', उनले मेरियटमा पत्रकारहरुसँग भने, 'भोलि पनि उहाँहरु बस्नुहुन्छ। जे हुन्छ भोलि हुन्छ।' 







  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया