logo-img

काेपा अमेरिका : दर्शकले अर्जेन्टिना र ब्राजिल बीचकाे फाइनल खेल रंगशालामै गएर हेर्न पाउने

दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिकाको उपाधिका लागि चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाले एक अर्काको सामना गर्दैछन् ।

खेल नेपाली समय अनुसार आइतबार बिहान पौने ६ बजे ब्राजिलको घरेलु मैदान माराकाना स्टेडियमा हुनेछ । 

कोरोना महामारीका कारण अहिलेसम्म दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको भए पनि फाइनल खेल भने सीमित दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका छन् । 

रियो दि जेनेरियो सरकारले स्टेडियमको १० प्रतिशत अर्थात् ७,८०० दर्शकलाई मैदान प्रवेश अनुमति दिएको हो । 

मैदानमा उपस्थित हुने दर्शकले पूर्ण रूपमा स्वास्थ्य मापदण्डको पालना गर्नुका साथै फाइनल हुनुभन्दा ४८ घन्टा अघि गरिएको पिसिआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको प्रमाण पेस गर्नु पर्नेछ ।  

 
 





  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया