logo-img

एमबाप्पेलाई क्लबमै राख्ने कसरतमा पिएसजी

पछिल्लो समय युवा स्टार केलियन एमबाप्पेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) छाड्न चाहेको खबर बाहिर आइरहेको छ । 

उनको नाम स्पेनिस महारथी रियल मड्रिडसँग जोडिदै आएको छ । रियलले पनि एमबाप्पेलाई आफ्नो पहिलो प्राथमिकता राखेको छ । 

तर, पिएसजी भने कुनै पनि हालतमा एमबाप्पेलाई छाड्ने पक्षमा छैन । क्लब र उनी बीचको सम्झौता अर्को वर्ष सकिँदै छ र पिएसजी नयाँ सम्झौताका लागि प्रयास गरिरहेको छ । 

एमबाप्पेलाई क्लबमै राख्न पिएसजीले उनलाई नेइमार सरह पारिश्रमिक दिने गरी प्रस्ताव आगाडि सार्ने तयारी गरेको विभिन्न सञ्चारमाध्यमले बताएका छन् । एमबाप्पेसँगै क्लबका खेल निर्देशक लियोनार्दो, अध्यक्ष नासिर अल खालिफा र प्रशिक्षक मौरिसियो पोचेटिनोसँगको छलफलपछि यस्तो प्रस्ताव राखिएको छ । 



पिएसजीमा आफूले चाहेका सबै सफलता प्राप्त गर्ने सम्भावना नदेखेपछि २२ वर्षीय एमबाप्पेले क्लब छाड्ने मनसाय बनाएको समाचार आइरहेका छन् ।

यस समरमा पिएसजीले सर्जियो रामोस, जर्जिनियो विज्नाल्डम, जियानलुइजी डोनारुम्मा जस्ता विश्वस्तरीय खेलाडी भित्र्याइसकेको छ । तर, उसलाई एमबाप्पेले क्लब छाड्लान् भन्ने चिन्ताले सताउन थालेको छ ।



यता रियल मड्रिडले पनि एम्बाप्पेलाई भित्र्याउने तीव्र इच्छा देखाएको छ । उ सकेसम्म यही समर ट्रान्सफरमा अन्यथा मिड सिजन ट्रान्सफरमा उनलाई स्पेन ल्याउन चाहन्छ । 

एमबाप्पे पनि आफू नयाँ चुनौतीका लागि तयार रहेको बताएका छन् । यसले पनि पिएसजीको चिन्तालाई बढाएको छ । 



  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया