टोकियो ओलम्पिक : पुरुष फुटबलका चार खेलमा यस्तो नतिजा
मेक्सिको, न्युजिल्यान्ड र आइभोरी कोस्ट विजयी, बराबरीमा रोकियो स्पेन

जापानको टोकियोमा सुरु भएको ३२ औँ संस्करणको ग्रिस्मकालीन ओलम्पिक अन्तर्गत बिहीबार भएको पुरुष फुटबलमा मेक्सिको, न्युजिल्यान्ड र आइभोरी कोस्ट विजयी हुँदा स्पेन बराबरीमा रोकिएको छ । 

सापोरो डोमे फुटबल मैदानमा भएको खेलमा इजिप्ट र स्पेनले गोल रहित बराबरी खेलेका हुन् ।

इबारकी काशिमा फुटबल मैदानमा न्युजिल्यान्डले दक्षिण कोरियामाथि १-० को कठिन जित हात पारेको छ । ७० औँ मिनेटमा क्रिस उडले गरेको एक मात्र गोल न्युजिल्यान्डलाई जित दिलाउन पर्याप्त बन्यो । 

टोकियो फुटबल मैदानमा मेक्सिकोले फ्रान्सलाई ४-१ गोल अन्तरले पराजित गर्यो । मेक्सिकोका एलेक्सिस भेगा, सेबिस्टिन कोर्डोभा, उरिएल अन्तुना र एडुआर्डाे अगुइरीले १-१ गोल गर्दा फ्रान्सका आन्द्रे पिएरी जिग्नसले एक गोल फर्काए ।

खेलको ४७ औँ मिनेटमा भेगाले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए । ५५ औँ मिनेटमा कार्डोभाले टोलीको अग्रतालाई दोब्बर बनाए । ६९औँ मिनेटमा जिग्नसले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई २-१ को स्थितिमा ल्याए ।

८० औँ मिनेटमा अन्तुना र थप गरिएको समयमा अगुइरीले गोल गरेपछि मेक्सिकोले सहज जित हात पारेको हो । योकोहामा अन्तर्राष्ट्रिय फुटबल मैदानमा आइभोरी कोस्टले साउदी अरबियालाई २-१ ले परराजित गरेको छ ।



आइभोरी कोस्टका फ्रान्क यानिक केस्सी गोल गर्दा, १ गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो । साउदीका सलिम अल द्धाश्रीले एक गोल फर्काए ।

खेलको ३९ औँ मिनेटमा अब्दुल्लाह अल अम्रीको आत्मघाती गोलमर्फत आइभोरी कोस्टले अग्रता लिएको थियो । ४४ औँ मिनेटमा द्धाश्रीले साउदीलाई बराबरीमा ल्याए । ६६ औँ मिनेटमा केस्सीले गोल गरेपछि आइभोरी कोस्टले कठिन जित दर्ता गरेको हो । 



ओलम्पिकको उद्घाटन जुलाई २३ (शुक्रबार) हुने भए पनि फुटबल र सफ्टबल भने बुधबारदेखि नै सुरु भएको हो ।

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १७:१७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया