नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सन्देश लिएर बालुवाटार पुगेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उनले पाँच सदस्यीय मन्त्रिमण्डल गठन गरिसकेका छन् ।
प्रधानमन्त्री देउवा सरकार विस्तारका लागि एमालेको माधव नेपाल पक्षको निर्णय पर्खिरहेको समाचार आइरहेका बेला नेपालको सन्देश लिएर पाण्डे बालुवाटार गएका हुन् ।
एमाले एकता सकारात्मक दिशामा अघि बढिरहेकाले तत्काल नेपाल पक्ष सरकारमा जाने सम्भावना छैन ।
प्रधानमन्त्री देउवालाई भेटेर पाण्डेले सरकारलाई आफ्नो पक्षको पुरापुर समर्थन रहने, तर अहिले सरकारमा सहभागी नहुने बताएको स्रोतले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।