नेपाली क्रिकेटमा पारसको योगदान अतुलनीय छ : ज्ञानेन्द्र मल्ल

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेटमा पारस खड्काको योगदान अतुलनीय रहेको बताएका छन् । 

पूर्वकप्तान पारसले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेपछि ज्ञानेन्द्रले सामाजिक सञ्जालमार्फत क्रिकेटमा उनको योगदान अतुलनीय रहेको बताएका हुन् । 

‘तपाईं साँच्चै लेजेन्ड, एक महान् लिडर र च्याम्पियन खेलाडी हुनुहुन्छ र नेपाली क्रिकेटमा तपाईंको योगदान अतुलनीय छ,’ कप्तान ज्ञानेन्द्रले फेसबुकमा लेखेका छन् ।

‘तपाईं केबल क्रिकेट टिमको मात्र नभएर हाम्रो देशको लाखौँ मानिसको प्रेरणाका स्रोत हुनुहुन्छ,’ ज्ञानेन्द्र थप्छन्, ‘तपाईंविना क्रिकेट मैदानमा पाइला चाल्न निकै गाह्रो हुनेछ । सबै कुराका लागि धेरै धेरै धन्यवाद ! हामी तपाईंलाई सम्झिरहनेछौँ ।’
  
सन् २००२ मा नेपालको यू–१५ टिमका लागि डेब्यु गरेका पारसले सन् २००४ देखि सिनियर टोलीबाट खेल्न थालेका हुन् ।

पारसले सन् २००९ देखि करिब १ दशक क्रिकेट टोलीको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले सन् २०१० आइसिसी डिभिजन ५ को उपाधिदेखि सन् २०१४ को टि–२० विश्वकपसम्मको यात्रा तय गरेको थियो ।

पारसकै कप्तानीमा नेपालले सन् २०१८ मा एक दिवसीय मान्यता पाएको थियो । उनले नेपालका १० एकदिवसीय अन्तर्राष्ट्रिय, ३३ टि–२० अन्तर्राष्ट्रिय, २ फस्ट क्लास र ४४ लिस्ट ‘ए’ खेलेका छन् । 



पारसले सन् २०१९ मा कप्तानबाट राजीनामा दिएका थिए । त्यसयता राष्ट्रिय टिमको कप्तानी ज्ञानेन्द्रले सम्हालिरहेका छन् । 



  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १६:३८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया