तालिबानले महिला, मौलवी र मस्जिदलाई निशाना बनाइरहेको छ : अफगान मन्त्रालय

अफगानिस्तानको गृह मन्त्रालयले तालिबानले आमनागरिक, महिला, बच्चा, मौलवी र मस्जिदलाई निशाना बनाएको बताएको छ । 

मन्त्रालयका अनुसार तालिबानले यस सालको सुरुवातबाट अहिलेसम्म २४ मस्जिदमा हमला गरेको छ । जुन हमलामा परी ३० मौलवीको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । यसैगरी मस्जिदहरूमा पनि धेरै क्षति भएको छ । 

हमलाको डरले करिब ढाइ लाख मानिस घर छाडेर विस्थापित हुन बाध्य भएका छन् ।

संयुक्त राष्ट्र संघका अनुसार अफगानिस्तानमा पछिल्लो तीन महिनामा २ लाख ४४ हजार मानिस विस्थापित भएका छन् । 

अलजजिरा मिडियाको रिपोर्ट अनुसार पछिल्लो वर्षको तुलनामा विस्थापित हुनेको संख्या ३०० प्रतिशतले बढेको छ । 

रिपोर्ट अनुसार  विस्थापित हुनेमा सबैभन्दा धेरै  पूर्वाेत्तर र पूर्वी अफगानिस्तानका रहेका छन्।



अफगानिस्तानबाट अमेरिकी सैनिकको फिर्तीसँगै देशमा हिंसा बढ्दै गइरहेको छ । तालिबानले हालसम्म पाँचवटा प्रान्तको राजधानीमा कब्जा गरिसकेको छ ।

तालिबानले युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायको अनुरोधलाई पनि अस्वीकार गरेको छ । 



  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार १३:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया