लुम्बिनी प्रदेशसभा बैठक सत्तापक्षद्वारा बहिस्कार
फरकधार / २७ साउन, २०७८
यो सामग्री सेयर गर्नुहोस्

लुम्बिनी प्रदेशसभाको बैठक सत्तापक्षले बहिस्कार गरेको छ । विपक्षी गठबन्धनको मागअनुसार प्रदेश प्रमुख अमिक शेरचनले बोलाएको विशेष अधिवेशन सत्तापक्षले बहिस्कार गरेको हो । 



विशेष अधिवेशन अन्तर्गत प्रदेशसभाको बैठक सुरु भएपनि सत्ता पक्ष नेकपा एमालेका सांसदहरु बैठक कक्षमा उपस्थित छैनन् । बैठकमा विपक्षी गठबन्धन मात्रै सहभागी भएको छ । 



बैठकको पूर्वसन्ध्यामा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा दिएका हुन् । 



सत्तापक्षले प्रदेशसभामा अविश्वासको प्रस्ताव संविधानविपरीत आएको भन्दै प्रदेशसभाको बैठक रोकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दिएको थियो । उक्त मुद्दामा अहिले सुनुवाइ भइरहेको छ । 







  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १३:५६:५७,   अन्तिम अपडेट : साउन २७, २०७८ बुधबार १३:५७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया