logo-img

प्रहरीको हटलाइनमा एक पुरुषको फोन, ‘मैले श्रीमतीको हत्या गरेँ, आउनुपर्यो’
सांकेतिक तस्बिर

काठमाडौंमा एक श्रीमानले पारिवारिक विवादमा आफ्नै श्रीमतीको हत्या गरेका छन् । चाबहिलस्थित गुह्येश्वरी मन्दिर नजिकै बस्ने श्रीमानले श्रीमतीको हत्या गरेका हुन् । 

पारिवारिक विवादका कारण ३९ वर्षीय श्रीमान राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको हत्या गरेको गौशाला प्रहरीले जनाएको छ ।

विवाद बढ्दै गएपछि बिहान साढे सात बजे घाँटी थिचेर हत्या गरेको श्रीमान श्रेष्ठले प्रहरीसँगको बयानमा स्वीकार गरेका छन् । प्रहरीमा उनको  बयान छ, ‘पारिवारिक विवाद थियो, आज बढी भयो । रिस उठेर हत्या गरेँ, अनि त्यसपछि आफ्नो बायाँ हात चक्कुले काटेँ ।’

हत्या गरेको डेढ घण्टापछि श्रेष्ठले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी गराएका थिए । 



सूचना पाउनासाथ घटनास्थलमा प्रहरी टोली पुग्दा श्रेष्ठ कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा फेला परेका थिए भने बेडमा रञ्जनाको शव भेटिएको थियो ।
मकवानपुरको हेटौंडा घर भएका श्रेष्ठ हाल काठमाडौंको चाबहिल बस्दै आएका थिए । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रेष्ठको राजधानीमा मोटरसाइकलको ‘रिकन्डिसन’ सोरुम रहेको खुलेको छ । 



मृतक रञ्जना ६ महिनाकी गर्भवती पनि रहेको प्रहरी अनुसन्धानमा पाइएको छ । उदयपुरकी रञ्जनासँग करिब एक वर्ष अगाडि मात्रै श्रेष्ठले विवाह गरेक थिए ।



  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया