नेकपा एमालेका नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले नेकपा एमालेभित्रको बिबाद छिट्टै समाधान हुने बताएका छन् । सर्लाहीमा प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाटमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।
पाण्डेले एमालेको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै भएकाले उनलाई अध्यक्ष मानेर नै एकता हुने बताए । पाण्डेले अहिले देखिएका सबै बिबाद केही दिनभित्रमा समाधान हुने बताए ।
कानुनी रुपमा पनि ओली नै एमालेको नेतृत्वकर्ता भएको भन्दै ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पार्टीलाई एकढिक्का बनाउने विषयमा छलफल भइरहेको नेता पाण्डेले बताए । केही दिनमै एमालेलाई थप मजबुत बनाएर लैजाने सहमति हुने उनले बताए ।
पाण्डेले बाहिर मिडियामा आएजस्तो एमाले फुटिहाल्ने अवस्थामा नरहेको बताए । उनले अध्यक्ष ओली र नेता नेपालबीच बिबाद समाधानका लागि लगातार रुपमा गृहकार्य र छलफल भइरहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।