logo-img

आफ्ना लडाकुलाई मानिसको घरमा प्रवेश नगर्न तालिबानकाे आदेश

तालिबानले आफ्ना लडाकुलाई कुनै पनि मानिसको घरमा प्रवेश नगर्नका लागि आदेश जारी गरेको छ । 

विशेषगरी राजधानी काबुलमा रहेका दूतावासका गाडीलाई हस्तक्षेप नगर्नू भनी आदेश दिएको छ । 

तालिबानका उप-नेता मौलवी याकुबले यस्तो आदेश जारी गरेका हुन् । 

तालिबानका मानिसले लुटपाट गरेको रिपोर्ट आएपछि यस्तो आदेश आएको बताइएको छ । तालिबानले लुटपाटमा संलग्न मानिसलाई कडाभन्दा कडा कारबाही गरिने पनि बताएको छ ।

तालिबानले सबै सरकारी कर्मचारीहरूलाई काममा फर्किन लगाएको छ । मंगलबार काबुलका केही भागमा बेकरी र औषधि पसल खुलेका छन् । 

काबुलस्थित एक टिभी च्यानलमा एक महिलाले एक तालिबानको नेतासँग अन्तर्वार्ता लिएकी थिइन् । 




 



  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया