दार्चुला पहिरोमा घाइते भएका दुईजनालाई हेलिकोप्टरमार्फत उद्धार

दार्चुला पहिरोमा परी घाइते भएका दुईजनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी धनगढीमा उपचारका लागि लगिएको हो ।

दुवैजनाको उपचार धनगढीमा हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

बाढी–पहिरोमा परी तीनजनाको मृत्यु भएको छ । अन्य दुईजना बेपत्ता भएका छन् ।

बाढी–पहिरोले जिल्लाको अपि हिमाल गाउँपालिकामा तीनवटा पुल बगाएको छ । रिगुर खोलामा आएको बाढीका कारण ककनाडी र चौकीबगडमा रहेको झोलुंगे पुल बगाएको वडाअध्यक्ष गामसिह धामीले जानकारी दिए । 

पुल बगाएपछि स्थानीयलाई आवत–जावतमै समस्या भएको छ । यसैगरी वडा नम्बर १ को थेपलेगाडमा रहेको काठेपुल बगाएको छ । काठेपुल बगाउँदा स्थानीय समस्यामा परेका छन् । 





  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार १७:१२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया