(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।
अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् ।
फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस राेल्पाका सभापति अमरसिंह पुनलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )
अहिलेको परिस्थिति र समयसापेक्षित नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । धेरै पुराना नेताहरु, जसले धेरै मेहनत पार्टीमा गर्नुभएको छ, जसले धेरै जेलनेल भोग्नुभएको छ उहाँहरुको उचित मूल्याकंन गर्नुपर्छ । तर, अहिलेको परिस्थितिअनुसार चल्न सक्ने नेतृत्व अब कांग्रेसलाई चाहिएको छ । त्यसकारण अहिलेको नेतृत्वले समय अनुसार चल्न सक्ने, पार्टीका नेताहरुदेखि सबैलाई व्यवस्थापन गर्न सक्ने हुनुपर्छ । सबैको हितका लागि कांग्रेसभन्दा पनि नेपाली जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न सक्नुपर्छ । पार्टीको सिंगो कमिटीका सम्पूर्ण साथीहरुलाई मिलाएर लान सक्ने खालको नेतृत्व आजको आवश्यकता हो ।
‘महाधिवेशन रोक्ने कुरा कल्पनाभन्दा बाहिरको’
युवाहरुको आवश्यकताबारे पार्टीमा बहस चलिरहेको छ । अहिले युवा नभएका पनि होइनन् । अहिलेको महाधिवेशनमा ४० प्रतिशत युवाको प्रवेश हुन्छ । त्यसकारण ती ४० प्रतिशत युवाले निर्वाह गर्नुपर्ने भूमिका महत्वपूर्ण छ । खारिएर अनुभव बटुलेर आएका नेताहरुको अनुभव पनि समेट्नुपर्छ । उहाँहरुको सल्लाह–सुझाव लिएर युवाहरु अघि बढ्नुपर्छ । अबको कांग्रेसले युवाहरुलाई समेटेर अघि बढ्नुको विकल्प छैन । युवाहरु अहिले मुख्य नेतृत्वमा नदेखिए पनि अबका दिनमा अघि सर्नुपर्ने अवस्था छ । सोही मान्यता अनुसार नेताहरु अघि बढ्दा पार्टी र देशलाई फाइदा हुन्छ ।
परिवारवादको बहस
कांग्रेस पार्टीमा परिवारवाद हाबी कतैकतै देखिए पनि मूल समस्याका रुपमा यो छैन । परिवारका सबै सदस्यहरु २४ घण्टा नै पार्टीपार्टी भनेर लाग्नुपर्ने अनि त्यसैलाई परिवारवाद भयो भन्दै बाहिर प्रचार गर्नु उचित हुँदैन । पार्टीमा मेहनत कसले कसले गरेका छन् ? पार्टीभित्रका मान्छे र परिवारका मान्छे पार्टीभित्र कति लागेका छन् ? यसको मूल्याकंन हुनुपर्छ । कांग्रेसमा खाली परिवारवादकै झल्को दिनेगरी पार्टीमा काम नै नगरी आएका छन् भने त्यसको पनि छुट्टै मुल्यांकन हुनुपर्छ । तर, अहिले हाम्रोमा यो समस्या कम भएको म ठान्छु ।
कसरी गर्ने महाधिवेशन ?
अबको महाधिवेशन रोकिने भन्ने कुरा हुँदैन । यो कल्पनाभन्दा बाहिरको कुरा हो । महाधिवेशन तोकिएकै दिनमा तोकिएकै समयमा हुन्छ । यसमा दुईमत छैन । क्रियाशीलताको विवादबारे नेतृत्व तहसम्म पुगेर छलफल भएको छ, त्यसले एउटा निकास पाउँछ । जुन तहगत निर्णय गरेर आएका क्रियाशील छन् त्यो नफालियोस् । केन्द्रबाट जुन गलत तवरबाट थपिएका छन्, ती हटाइयोस् । प्रविधिमा काम गर्दा कतिपय समस्या भए होलान्, तर त्यो समस्या हल हुनुपर्छ । नेतृत्व तहमा एउटा खालको सहमति भएको छ, जिल्ला सभापतिको अनसनका क्रममा पनि नेतृत्वले ‘कमिटमेन्ट’ गर्नुभएको छ । अब क्रियाशील समस्या समाधान हुन्छ ।
नेतृत्वले आफूलाई भन्दा पनि ८ लाख ५० हजार क्रियाशील सदस्यलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ । कोरोना महामारीका साथै बाढी–पहिरोले चुनौती थपिएका छन् । हामी संवैधानिक र वैधानिक संकटमा छौं । हामी ४ वर्षमा गर्नुपर्ने महाधिवेशन गर्न नसकेर चुकेका छौं । हामी ६ महिना संवैधानिक व्यवस्था अनुसार थपेर बसेका छौं । विशेष परिस्थितिमा थप्न मिल्ने प्रावधान छ । नेतृत्वले जुन खालको चासो बेलेमै गर्नपथ्र्यो, त्यसो गर्न सकेन । अहिले पनि संवैधानिक संकट टरेको छैन । हामी अरुलाई चाहिँ संविधान अनुसार चल्नुपर्छ भन्ने, तर आफू भने यसमा पछाडि परेका छौं । संविधान अनुसार नै चल्दैछौं भन्ने कुरा नेतृत्वले बुझाउन सक्नुपर्यो । यतिबेला कांग्रेस थप जिम्मेवार बन्नुपर्छ । हामीले स्थानीय तहको पालिकास्तरको अधिवेशन गर्नुपर्ने भएकाले सानोसानो संख्यामा उपस्थित भएर प्रतिनिधिमूलक गरौं भनेर भनेका छौं । सबै कुरा जिम्मेवारीपूर्वक गर्नका लागि नै यो निर्णय गरेका हौं ।
यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–
बिग्रिएका काम-कुराको दोष सभापतिलाई मात्र दिनुहुँदैन– गुल्मी सभापति
कांग्रेस बन्छु भन्नेलाई क्रियाशीलता विवादले रोक्नुहुन्न– पर्वत सभापति
७७ जिल्लालाई निर्वाचन केन्द्र मानेर नेतृत्व छानौँ, कार्यकर्तालाई पनि अपनत्व दिऊँ– कालिकोट सभापति
डोल्पा पुग्नै चार दिन लाग्छ, कसरी गर्ने महाधिवेशन ?– डोल्पा सभापति
युवाको बल र बुढाको बुद्धिबाट नयाँ नेतृत्व छान्नुपर्छ–जुम्ला सभापति
क्रियाशील विवाद समाधान भयो भनिएको छ, तर अन्योल कायम छ–बाँके सभापति
कांग्रेस समावेशी पार्टी हो, यसको नेतृत्व समावेशी हुनुपर्छ–अर्घाखाँची सभापति
अहिले नेपाली कांग्रेसको नेतृत्व गम्भीर हुनुपर्छ–म्याग्दी सभापति
अधिवेशनबाट व्यक्ति मात्र होइन, विचार पनि परिवर्तन हुन जरुरी छ–पाल्पा सभापति
कांग्रेस नेतृत्वले हेक्का राखोस्, हराउने–जिताउने हाम्रो हातमा छ–कास्की सभापति
कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ– तनहुँ सभापति
युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति
राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति
पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति
म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति
क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति
तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति
परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा सभापति
‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति
विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति
‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति
‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति
पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति
‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति
‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति
‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति
‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति
‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति
पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति
युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति
चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति
‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाैं सभापति
‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापति
‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापति
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।